सत्तारुढ दलकै कार्यकर्ता सडकमा आगो बाल्दै

काठमाडौं – मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । 

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ ।

शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । 

​​​​​​​

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ५१ बजे