संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी

काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ३० बजे