सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्छ : मन्त्री कार्की 

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् बैठकमा अमेरिकी अनुदान सहयोग (एमसीसी) टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उहाँले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताउनुभएको हो । 

  शुक्रवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भन्नुभयो, “यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्छ ।” 

“एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १०ः०० बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।”, उहाँले भन्नुभयो “हामी सकारात्मक रूपमा अघि बढेका छौँ ।”

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : ४६ बजे