काठमाडौँ । सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बसेको बैठकमा अमेरिकी अनुदान सहयोग (एमसीसी)का बारे विषयमा सहमति जुट्न सकेन ।
गठबन्धनमा आबद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको हो ।
बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।
गठबन्धनको आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार ११ : ०८ बजे
प्रतिक्रिया