माओवादीले एमसिसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने

काठमाडौँ । नेकपा माअ‍ेवादी माओवादी केन्द्रले अहिलेको अवस्थामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दै छ ।  त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको थियो । 

सो छलफलमा माओवादीका अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाइए सरकार छाड्ने तर सकारलाई दिइएको समर्थन कायमै राख्ने बताउनुभएको हो । 

त्यस्तै, जसपाले पनि एमसीसीका बारेमा ठोस निर्णय लिन सकेको छैन । जसपाका अध्यक्ष यादव माओवादीलगायत दलहरूको निर्णय कुरिरहनुभएको छ भने जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीले शनिवार मात्र निर्णय गर्ने भएको छ । 

यसअघि, नै एमसिसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ ।

 

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : १६ बजे