सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

प्रतिनिधिसभाको बैठक बस्दै, आज संसद्मा टेबुल होला एमसिसी ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।  

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबल हुने कि नहुने भन्ने अन्योल छ । 

दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसीको विषय राखिएको छैन ।

संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले“आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/०७८” पेस हुने कार्यसूची सार्वजनिक गर्नुभएको छ । 

बैठकको अन्तिम कार्यसूची भने कार्य व्यवस्था परामर्श समितिको बैठकबाट तय हुनेछ ।  प्रतिनिधिसभा बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद्मा एमसीसी टेबल गर्ने बताउनुभएको छ । सत्ता गठबन्धनको बैठक लगतै बिहीबार साँझ नै प्रधानमन्त्री देउवाले एमसिसीका बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गर्नुभएको थियो । 

एमसिसी संसद्बाट पारित गर्न अमेरिकाले पछिल्लो पटक दिएको समय सीमा सकिन १० दिन मात्र बाँकी छ । फागुन १६ गतेभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बताइसकेको छ । तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसद्मा टेबुल समेत हुन सकेको छैन । 

 

 

 

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ३५ बजे