प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ ।

एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : १२ बजे