काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ ।
सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जानुभएको हो । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।
एमसिसी संसद्मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुग्नु भएको छ । अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार ९ : ०० बजे
प्रतिक्रिया