तीनजना एआईजी थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीनजना एआईजी थप्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको हो ।  प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ । 

पाल प्रहरीमा कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवश्रोत एवं प्रशासन विभाग, महानगरीय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी पाँच वटा कार्यालयमा एआईजीको दरबन्दी रहेको छ ।

त्यसैगरी प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ५ : ०७ बजे