सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध (फोटोफिचर)

काठमाडौं – नेकपा एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । 

पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् । 

मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीले बताएका छन् । 

​​​​​​​

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : २८ बजे