सुनको मूल्यमा नयाँ कीर्तिमान

जेब्रा झोलाभित्र मानिसको जस्तो देखिने टाउको र खुट्टा फेला

सुनसरी – धरान उपमहानगरपालिका-४ आपगाछी कोशी राजमार्गस्थित सडकमुनी भिरमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा मानिसको जस्तो देखिने टाउको र खुट्टा बुधबार साँझ फेला परेको छ ।

उक्त भिरमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा उक्त वस्त फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ३ : ३४ बजे