सर्वसम्मत छानियो प्रेस चौतारी सिन्धुपाल्चोकको कार्यसमिति : अध्यक्षमा आचार्य

सिन्धुपाल्चोक । प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आज भएको अधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुङ्गाना र कोषाध्यक्षमा गोमा खत्री हुनुहुन्छ । 

त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुशिल सुवेदी,विशाल आचार्य,सुनिता लामा र मिङ्मार ग्याल्बो सर्वसम्मतरुपमा चयन हुनुभएको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ३ : ३२ बजे