‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौँ अधिवेशन :   नौ पत्रकार सम्मानित

सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौँ जिल्ला  चौअधिवेशनको अवसरमा नौ  जना पत्रकार पुरस्कृत  हुनुभएको छ भने एक पत्रकारलाई सम्मान गरिएको छ । अधिवेशनको अवसरमा सिन्धुपाल्चोक शाखाले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिल पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई पुरस्कृत गरेको हो  । १० हजार १ सय ११ रुपैंयाको राशिको यो पुरस्कार पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिएको चौतारीका संयोजक विदुर आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीलाई पुरस्कृत गरिएको छ  । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ ।

चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाइले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरू ध्रुव दंगाल,रामकृष्ण थापा,नेत्रप्रसाद पौडेल,शर्मिला ठकुरी,निरोज चौलागाई र सुन्दर शिरीषलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले उहाँहरूलाई सम्मान र पुरस्कार वितरण गर्नुभयो ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत छनोट गर्ने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १ : ५९ बजे