सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमसीसीबारे टुङ्गो लगाउने जिम्मा संसद्लाई दिनुपर्छ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुङ्गो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसद्लाई दिन आह्वान गर्नुभएको छ  ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्ता साझेदार दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा रोकिएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा  आज बिहान काँग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गर्नुहुँदै उहाँले एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्न संसद्लाई दिनुपर्नेमा जोड दिनुभयो । 

जनप्रतिनिधिको संस्था संसद्लाई एमसीसीबारे निर्णय गर्ने अधिकार दिन आह्वान गर्नुहुँदै उहाँले  एमसीसीको पक्षमा उभिन डराउनु नपर्ने बताउनुभयो ।

आफ्नो पार्टी काँग्रेस एमसीसीको पक्षमा रहे पनि यसबारे निर्णय गर्न संसद्लाई नै दिनुपर्ने दोहोर्‍याउँदै उहाँले भन्नुभयो, “काँग्रेस एमसीसीको पक्षमा छ । यसलाई अनुमोदन गर्नुपर्ने पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । तर, पनि यसको अन्तिम निर्णय गर्ने अधिकार संसद्लाई दिऊँ । जनप्रतिनिधिलाई नै एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयलाई टुङ्ग्याउन दिऊँ ।” 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : ३१ बजे