आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

मकवानपुर । बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बुधवार बसेको सर्वदलीय बैठकले यही फागुन १६ गते अपराह्न १ बजे प्रदेशसभाको ९औँ अधिवेशन बैठक बस्ने निर्णय गरेको हो । 

सोही बैठकको निर्णय अनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्य परामर्श समितिको बैठक पनि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ । 

उहाँका अनुसार, कार्य परामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकको लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ । 

गठबन्धन सरकारले सिफारिस गरिएअनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले बुधवार नै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो । उक्त सर्वदलीय बैठकमा सत्तारुढ गठबन्धन दलका साथै प्रमुख प्रतिपक्षी दल(नेकपा एमाले) संसदीय दलका नेतालगायत अन्य साना दलको प्रतिनिधित्व रहेको प्रदेशसभाका प्रमुख सचिव खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ८ : ३२ बजे