आन्तरिक हवाई उडानमा अत्यधिक चाप

 प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशन हुँदै 

सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशन आज चौतारामा हुने भएको छ । 

चौतारीको अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत हुने भएका छन् भने एक पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशीलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई पुरस्कृत गरिने भएको छ । १० हजार १ सय ११ राशिको यो पुरस्कार पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । 

त्यस्तै, प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिने चौतारीका संयोजक विदुर आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदी पुरस्कृत हुँदै हुनुहुन्छ । उक्त पुरस्कारको राशि ५ हजार रहेको छ ।

त्यस्तै, चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाइले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरू ध्रुव दंगाल, रामकृष्ण थापा, नेत्रप्रसाद पौडेल, शर्मिला ठकुरी, निरोज चौलागाई र सुन्दर शिरीषलाई नगद ५ हजारसहित पुरस्कृत गर्न लागिएको पुरस्कार छनोट समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । 

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत छनोट गर्ने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : २२ बजे