काठमाडौं – नेपालमा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, आज थप १ हजार ६०० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०५ पुगेको छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ४ : ४५ बजे
प्रतिक्रिया