काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज मङ्गलवार नेप्से सूचक १९.८४ अङ्कले घटेर २७ सय ३४.४४ विन्दुमा पुगेको छ ।
स्टक एक्सचेन्जका अनुसार बुधबार कुल १ सय ९१ कम्पनीको ५६ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।
कुल १९१ वटा कम्पनीको कारोबार हुँदा ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
बुधबार अन्य र जीवन बीमा समूह सामान्य अंकले सकारात्मक रहे भने बाँकी अरु सबै समूह ओरालो लागेको छ । बुधबार निर्जीबन बीमा, उत्पादनमूलक, विकास बैंक र जलविद्युत समूहमा सय अंक हाराहारीको गिरावट आउँदा अरु अधिकांशजसो समूह दोहोरो अंकले ऋणात्मक रहे ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ४ : ०३ बजे
प्रतिक्रिया