काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।
आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । सरकारले संसद्मा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।
माओवादीका जनवर्गीय सङ्गठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् ।
त्यस्तै, सभामुख अग्नि सापकोटाले बिहान साढे ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइसक्नुभएको छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १० : ३४ बजे
प्रतिक्रिया