‘एउटै नाउरको सिकार गर्न २३ लाख’

निर्वाचन : जनताका लागि सुन्दर अवसर

२०७९ साल वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय सरकाले गरेको छ । कुनै अप्रत्याशित घटना नभए चुनाव हुनेछ । चुनाव नियमित हो, आवधिक चुनाव हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । 

चुनाव हुनु मात्रैले लोकतन्त्रको पुष्टि गर्दैन । चुनाव त पञ्चायत कालमा पनि हुन्थ्यो तर त्यहाँ लोकतन्त्र थिएन । लोकतन्त्रमा दलीय व्यवस्थाले मान्यता पाएको हुन्छ र राजनीतिक दलहरूले चुनावमा भाग लिने गर्छन् । राजनीतिक दलको उद्देश्य नै मुलुकको शासन सत्तामा आफूलाई स्थापित गर्नु र देशको सुशासन र समृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु हो । दलहरूलाई देशको शासन सत्तामा पुर्‍याउने भनेको जनताको अभिमतबाट हो । जनताको अभिमत व्यक्त हुने भनेको चुनावबाट हो । 

निर्वाचन लोकतन्त्रको सुन्दर घर हो, सुन्दर बगैँचा हो, साझा चौतारी हो । यसलाई कसले कसरी प्रयोग गर्छन् त्यो मात्रै फरक हो । 

चुनावले पार्टी र पार्टीका प्रतिनिधिलाई सत्तामा पुर्‍याउने र सत्ताबाट बाहिर ल्याउने काम गर्छ । पार्टीका आधिकारिक दस्ताबेजहरूमा लेखिएका नीति जतिसुकै राम्रा भए पनि ती आफै कार्यान्वयन हुँदैनन् । तिनलाई कार्यान्वयन गर्ने भनेको पार्टीका निर्वाचित प्रतिनिधिले हो । नीति जतिसुकै राम्रो भए पनि तिनको कार्यान्वयन नहुन्जेल रिजल्ट आउँदैन । देशले, आम मानिसले खोजेको सुशासन र समृद्धिको चाहना भनेको परिणाम हो । त्यो परिणाम अर्थात् नतिजामा देखिँदै जानुपर्छ । परिणाम राम्रो नीति भएर मात्रै पुग्दैन, त्यसलाई सफल कार्यान्वयन गर्दै जाँदा मात्रै क्रमशः देखिँदै जान्छ । कार्यान्वयन भनेको ‘एक्सन’ हो । एक्सन गर्ने व्यक्तिले हो । एक्सन गर्ने प्रमुख व्यक्तिको वैधानिकता कतिपय अवस्थामा निर्वाचनले तय गर्छ । 

निर्वाचनले नेता दिन्छ । नेताले वैधानिकता प्राप्त गर्छन् । वैधानिकता प्राप्त नेताले स्थानीय तहमा पाँच वर्षका लागि शासन चलाउँछन् । आफूmमाथि पाँच वर्ष शासन चलाउने नेता छान्ने अवसर हो स्थानीय चुनाव । नेताले पार्टीको टिकट पाउन र पार्टीले आफ्नो टिकट पाएको व्यक्तिलाई जिताउन गरिने अभ्यास पनि लोकतान्त्रिक हुन आवश्यक छ । टिकट पाउने र टिकट पाएकालाई जिताउने अभ्यास लोकतान्त्रिक भएन भने, आफ्नो निहित स्वार्थ पुरा गर्न लोकतन्त्रका मर्महरू माथि नै प्रहार गरियो भने पार्टी, नेता र चुनाव प्रतिको आकर्षण बिस्तारै घटेर जानेछ । यो लोकतन्त्रका लागि गम्भीर खतरा हो । लोकतन्त्रलाई खतरामा पारेर, सङ्कट निम्त्याएर जित्ने र जित्न चाहने जोसुकै भए पनि ती लोकतन्त्रका भाइरस हुन् । यस्ता भाइरसले अन्ततोगत्वा लोकतन्त्र नै समाप्त पार्ने हुँदा यिनलाई बेलैमा उपचार गरेर निष्क्रिय पार्न सक्नु लोकतन्त्रका पक्षमा योगदान गर्नु हो ।  

केहीले सतही रूपमा भनिदिन सक्छन्— राजनीतिमा लागेका कुनै गतिला छैनन्, कुनै पार्टी राम्रा छैनन् । यो भनाइमा समाधान हुँदैन समस्या मात्रै हुन्छ । कुनै सन्दर्भमा जननेता कमरेड मदन भण्डारीले भन्नुभएको थियो हामीले खोजेको त उत्तम चिज हो । चिउरा भिजाउन दूध, दही, घिउ नै खोजेको हो तर भेटिएन, पाइएन भने मोहीले वा पानीले पनि भिजाउनुपर्छ । 

चुनावले दिने नतिजा हार वा जित हो । तर, चुनावी प्रक्रिया स्वच्छ, निष्पक्ष, पारदर्शी र निर्भयताकासाथ सम्पन्न हुन सकेन भने त्यसले दिने नतिजामा आम मानिसको उत्साह, स्वीकारोक्ति, अपनत्व, आकर्षण खासै हुने छैन । यस्तो अवस्था लोकतान्त्रिक व्यवस्थाका लागि शुभ सङ्केत होइन । 

राजनीतिक पार्टी र तिनका उम्मेदवारको ध्यान ‘जसरी हुन्छ’ चुनाव जित्ने भन्ने हुन्छ । लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र सिद्धान्तमाथि धावा बोलेर तिनलाई क्षतविक्षत पारेर जितिने चुनावले जित्नेलाई अबिर जात्रा गर्ने अवसर र पाँच वर्षका लागि वैधानिकता त देला तर जनताको मनमा चुनाव, लोकतन्त्र र यो पद्धति प्रति नै वितृष्णा पैदा गर्छ । यसरी विजयी भएका जनप्रतिनिधि वास्तवमा जनताका प्रतिनिधि बन्न सक्तैनन् । कल, छल, बल प्रयोग गरेर आएकाले यस्ताहरू धन बल र बाहुबल प्रयोग गरेर अपारदर्शी शासन चलाउने गर्छन् । यो प्रवृत्तिको अन्त्य हुन जरुरी छ । यसका लागि पहिलो पहल राजनीतिक दलहरूले नै लिनु पर्छ । 

मानौँ लोकतन्त्र हाम्रो बगैँचामा हर्कँदै गरेको मीठो फलको रुख हो । यसमा परिवारका सबै सदस्यको हक लाग्छ । .फल टिप्ने र उपभोग गर्ने नियम छ, रुखको सुरक्षा गर्ने जिम्मा छ । तर, रुखको सुरक्षामा ध्यान नदिने, फल टिप्ने नियमको पालना नगर्ने पाकेका र ठुला फल जसरी पनि आफ्ना भागमा पार्न रुखमा झट्टी हान्ने, हाँगा भाँच्ने, लुकेर हाँगा काट्ने, सके रुखै ढाल्ने र फल टिप्ने गरेमा एक पटक त राम्रो फल, धेरै फल आफ्नो भागमा पारिएला तर रुख नै रोगी, कमजोर र फल दिन नसक्ने भयो भने अर्को पटक के गर्ने होला ? हाम्रो लोकतन्त्रको हालत यस्तै यस्तै हुने खतरा बढेको छ । 

लोकतन्त्र वास्तवमा राजनीतिक दललाई मात्र चाहिएको होइन । यो आम मानिसका लागि चाहिएको हो । सूचनाको हक, अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको अभ्यास, नागरिकका मौलिक हकको प्रत्याभूति आदि स्वच्छ लोकतान्त्रिक अभ्यासमा मात्रै सम्भव छ । आम मानिसले स्वतन्त्रतापूर्वक यसको अभ्यास एवं उपयोग गर्दै समृद्ध र सुखी जीवनको कल्पना गरेका हुन्छन् । 

लोकतन्त्रमा राजनीतिक दलहरूले आवधिक निर्वाचनबाट प्राप्त हुने जनमतको आधारमा शक्ति आर्जन गर्छन् र यस्तो शक्तिको प्रयोग गरेर देशमा शासन गर्ने गर्छन् । शासन गर्नु भनेको साधन स्रोतको सदुपयोग गरेर नागरिकको हकहितको संवर्द्धन गर्नु, सुखी र समृद्धिको यात्रामा निरन्तर अगाडि बढ्नु र बढाउनु हो । तर राजनीतिक दल र तिनका नेताले शक्तिको अभ्यास गर्ने क्रममा स्थापित नीति नियमको उलङ्घन गरेर निहित स्वार्थ पूरा गर्ने कोसिस पनि गर्छन् । 

यसलाई रोक्ने काम तत्काल सत्ता बाहिर रहेका राजनीतिक दल, स्वतन्त्र न्यायालय, सञ्चार जगत आदिको हो । राजनीतिक दल त्यसमा पनि सत्तामा भएको पार्टीले शक्तिको दुरुपयोग गरेर लोकतन्त्रका मूल्यमान्यता र आधारहरूमाथि प्रहार गरेर पुनः शक्ति प्राप्त गर्ने अभ्यास गर्छन् । त्यसैले चुनाव गराउन सरकारमा सहभागी हुने र पाएसम्म प्रभावशाली मन्त्रालयको भाग खोज्ने प्रवृत्ति राजनीतिक पार्टी र नेताहरूमा हुन्छ । 

 

चुनाव जनताका लागि अवसर हो । यो अवसरको प्रयोग कसरी गर्ने भन्ने जनताको चेतना अनुसार हुन्छ । एक करोड नब्बे लाख जति मतदाता हुने अनुमान गरिएको छ । यसमा झन्डै एक लाख जतिले म्यादी प्रहरीमा तीन महिने जागिर खाएर घरको सानोतिनो गर्जो टार्ने अवसर प्राप्त गर्नेछन् । स्थानीय तहको चुनावमा राष्ट्रिय स्तरको पार्टीले झन्डै चालिस हजार कार्यकर्तालाई उम्मेदवार बनाउने छ । 

‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना बोकेको, सुदृढ सङ्गठन केन्द्रदेखि टोलसम्म भएको, दृढ विश्वास एवं दूरदर्शी नेतृत्व भएको, सक्षम नेताको पङ्क्ति लामबद्ध भएको, मौका पाउँदा जनताको पक्षमा सुशासन कायम गर्दै देश विकासको लहर ल्याउन सफल प्रमाणित नेकपा एमालेको पक्षमा आगामी चुनावमा सक्रिय भएर लागौँ । 

यसरी अनुमान गर्दा लगभग दुई लाख मानिसले विभिन्न ओहदाका लागि उम्मेदवार बन्ने अवसर पाउने छन् । चुनावमा सरकार, पार्टी र उम्मेदवारले गर्ने खर्चबाट आफ्नो भागमा बढीभन्दा बढी पार्नका लागि व्यापारी, व्यवसायी, कर्मचारी र केही आशामुखी जनताले कोसिस गर्नेछन् । स्थानीय समूह, क्लब, धार्मिक संस्था, जातीय समूह, जातजातिका सङ्गठन, सङ्गठित समूह जस्तै— उद्योग, कारखानामा कार्यरत जनशक्ति, गाउँ टोलमा आफ्नो प्रभाव जमाउन सफल कथित अगुवा आदिले भोट दिलाइदिने लोभ र आसामा नगद र जिन्सी जम्मा गर्ने अवसर पाउने छन् । जस्तै ः एउटै क्लब वा धार्मिक समुदाय, जातीय सङ्गठन, स्थानीय ‘टोले नेता’ले हाम्रो सबै भोट तपाईँलाई भन्दै सबै पार्टी र उम्मेदवारसँग सकेसम्म बढी नगद र जिन्सी हात पार्ने गरेकाले पाँच वर्ष अघिको कुरा बिर्सने कुरै भएन । तिनले यो अवसर राम्ररी नै उपयोग गर्नेछन् । अझैँ कति नयाँ पनि थपिन सक्छन् ।

धेरै बेरोजगार मानिसले यो समयमा चुनावमा सहयोग गरेको भनेर अन्न पानीको व्यवस्था गर्नेछन् । केहीले गोजी गरम गर्न भ्याउने छन् । मनोरञ्जन, खाजा—पानी सबैको व्यवस्था हुने अवसर केहीलाई जुर्ने छ ।

केही दाताले उम्मेदवारहरूलाई जिताउन लगानी गर्ने अवसर पाउने छन् । यस्तो लगानी प्रायः गोप्य रहन्छ । यस्ता लगानीकर्ताले पार्टीभन्दा पनि उम्मेदवारको स्वभाव र आफूसँगको निकटता हेरेर लगानी गर्नेछन् । रमाइलो त के हुन्छ भने यस्ता लगानीकर्ताले उम्मेदवारलाई नै भेटेर मागेको नमागेको पैसा दिन्छन् । यिनले कुनै एउटा पार्टीका उम्मेदवारलाई होइन, सबै पार्टीका प्रभावशाली उम्मेदवारलाई लगानी गर्छन् अर्थात् जसले जिते पनि यिनको लगानी भएकाले नै जित्ने पक्का हुन्छ । यस्तो लगानीको हिसाब—किताब जिते पछिका पाँच वर्षसम्म गरिने पक्का हुन्छ ।

हरेक चुनावमा लोकतान्त्रिक अभ्यास हुन्छ । चुनाव भएन भने लोकतन्त्रको अभ्यास नै हुन पाउँदैन । घर बनाउँदा भित्र बाहिर गर्नका लागि ढोका बनाइन्छ । ढोका मात्र बनाइँदैन कोठा—कोठामा झ्याल पनि राखिन्छ । कोठा—कोठामा भएका झ्यालबाट भित्रबाहिर गर्न मिल्दैन तर पनि राखिन्छ । उज्यालो छिराउन, हावा छिराउन झ्याल राखिन्छ । तर झ्याल भएपछि शुद्ध हावा मात्रै आउने होइन, दूषित हावा, वायुमण्डलमा भएका दूषित कण, फोहर, छड्के पानी, चर्का घाम, साना—मसिना उड्ने किरा समेत छिर्छन् । यसका नकारात्मक पाटालाई हेरेर झ्याल विहीन घर बनाइँदैन, बरु यस्तो असर कम गर्ने उपाय अपनाइन्छ ।

निर्वाचन लोकतन्त्रको सुन्दर घर हो, सुन्दर बगैँचा हो, साझा चौतारी हो । यसलाई कसले कसरी प्रयोग गर्छन् त्यो मात्रै फरक हो । 

जनता सचेत बन्दै गएका छन् । खराब मानिसको हातमा नेतृत्व गयो भने दुःख पाउने जनताले हो । जनताको समृद्धिको सपना, सुशासनको सपना, स्वाभिमानको सपना खोसिन्छ । फेरी हामी आम मानिस पाँच वर्ष पार्टी र नेतालाई गाली गरेर समय बिताउन बाध्य हुनेछौँ । जब जनताको हातमा पार्टी र नेता छान्ने अवसर आउँछ, त्यो समयमा हामीले अर्थात् सचेत मतदाताले सही निर्णय गर्ने गरी यो अवसरको उपयोग गर्नुपर्छ । यो जमात धेरै ठुलो छ । 

यस मध्येका केही हामी विभिन्न पार्टीमा सहभागी छौँ । पार्टीभित्र नै बसेर पार्टीले सही निर्णय गरोस्, जनताको पक्षमा काम गर्ने, क्षमता र निष्ठा भएका मानिसलाई अगाडि ल्याओस् भनेर लबिङ गर्न आवश्यक छ । उम्मेदवार बनिसकेपछि पनि जनताको पक्षमा, समाजलाई बुझेका, क्षमता भएका, नीति—विधिको पालनामा प्रतिबद्ध मानिसलाई छान्ने गरी आफ्नो अमूल्य मतदान गर्नु सचेत मतदाताका लागि चुनाव अवसर हो । 

नेताले समाजको सार्वजनिक सम्पत्तिको दोहन गरेर, पद्धति माथि धावा बोलेर, राज्यको ढुकुटीमा जानुपर्ने स्रोतको दोहन गरेर, राज्यको ढुकुटीमा भएको स्रोतको दुरुपयोग गरेर, कालो धनको प्रयोग गरेर चुनावमा गरिने उत्ताउलो र अपारदर्शी खर्चको विरोध गर्न एवं त्यस्तो धन र सुविधा कुनै पनि हालतमा नस्विकार्ने सङ्कल्प गरौँ । 

यस्तो सङ्कल्पले नेता र पार्टीलाई चुनावमा जित्न धेरै खर्च गर्नुपर्छ भन्ने मानसिकता हुँदैन । चुनावमा खर्च गर्न नसक्ने तर समाज, पार्टी र जनताको पक्षमा इमानदार भएर काम गर्न चाहने मानिसले टिकट पाउने र चुनाव जित्ने सम्भावना धेरै हुन्छ । यस्तो माहौल बन्न र बनाउन सकिएन भने इमानदार मानिस, पैसा खर्च गर्न नसक्ने मानिस जतिसुकै सङ्गठन कुशल, क्षमतावान् र इमानदार भए पनि म चुनाव लड्दिन भन्ने अवस्था आउँछ । 

अहिले अवस्था यस्तो बन्दै गयो कि चुनावमा धेरै खर्च गर्न सक्नेले मात्रै जित्न सक्छ भन्ने भान भएको छ । चुनावमा धेरै खर्च गर्न पैसाको जोहो गर्ने, खर्च गर्न सक्ने मानिसलाई नै पार्टीले उम्मेदवार बनाउने अवस्थाको अन्त्य गर्नुपर्छ । जसरी पनि जित्नुपर्छ भन्ने मान्यता भएका ठुला नेताले धेरै खर्च गर्न सक्नेलाई टिकट दिने अवस्थाको अन्त्य गरेर चुनावलाई लोकतन्त्रको उत्सव र पर्वको रूपमा मनाउने चलन बसाउनु पर्छ । यदि यस्तो चलन बसाल्न सकिएन भने चुनावमा धेरै खर्च गर्न सक्ने उम्मेदवारको खोजी गर्ने, त्यस्ता उम्मेदवारले चुनावमा खटिदिने खेताला धेरै जुटाउने र चुनाव जित्ने अभियान चलाउने हो भने नेताले राम्रो काम गरेनन्, पार्टीले हामीले भनेको सुनेनन् नभनीकन बसौँ । हामीले पाँच वर्षका लागि खराब नेता छान्न योगदान गरेका थियौँ, त्यसको सजाय पाँच वर्षमा काटिन्छ भनेर सजाय भोग्न तयार भएर बसौँ । 

लोकतन्त्रलाई खतरामा पारेर, सङ्कट निम्त्याएर जित्ने र जित्न चाहने जोसुकै भए पनि ती लोकतन्त्रका भाइरस हुन् । यस्ता भाइरसले अन्ततोगत्वा लोकतन्त्र नै समाप्त पार्ने हुँदा यिनलाई बेलैमा उपचार गरेर निष्क्रिय पार्न सक्नु लोकतन्त्रका पक्षमा योगदान गर्नु हो ।  

मतदातालाई राम्रो नेता, राम्रो पार्टी छान्ने अवसर हो चुनाव । केहीले सतही रूपमा भनिदिन सक्छन्- राजनीतिमा लागेका कुनै गतिला छैनन्, कुनै पार्टी राम्रा छैनन् । यो भनाइमा समाधान हुँदैन समस्या मात्रै हुन्छ । कुनै सन्दर्भमा जननेता कमरेड मदन भण्डारीले भन्नु भएको थियो हामीले खोजेको त उत्तम चिज हो । चिउरा भिजाउन दूध, दही, घिउ नै खोजेको हो तर भेटिएन, पाइएन भने मोहीले वा पानीले पनि भिजाउनुपर्छ । करिब छत्तीस हजार उम्मेदवार छान्नु पर्दा कहीँ कतै आफूलाई चित्त नबुझेको उम्मेदवार पनि पार्टीले उठाएको हुन सक्छ । त्यो स्थान विशेषको आवश्यकता र बाध्यता दुवै हुन सक्छ । 

‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना बोकेको, सुदृढ सङ्गठन केन्द्रदेखि टोलसम्म भएको, दृढ विश्वास एवं दूरदर्शी नेतृत्व भएको, सक्षम नेताको पङ्क्ति लामबद्ध भएको, मौका पाउँदा जनताको पक्षमा सुशासन कायम गर्दै देश विकासको लहर ल्याउन सफल प्रमाणित नेकपा एमालेको पक्षमा आगामी चुनावमा सक्रिय भएर लागौँ । लोकतन्त्रलाई सुदृढ र स्थानीय तहको विकास, सुशासन एवं समृद्धिको अभिभारा पूरा गर्न जुटौँ । चुनावलाई अवसरको रूपमा प्रयोग गरौँ ।           

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : १४ बजे