सुनको मूल्यमा नयाँ कीर्तिमान

गुल्मीको मुसिकोटमा अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी

गुल्मी । गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । 

मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु२च २३७८ को एम्बुलेन्समा राति साढे १०ः०० बजे आगजनी भएको एम्बुलेन्स चालक शङ्कर बगालेले बताउनुभयो ।

वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्य चौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका थिए।

आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पुरै जलेको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन। राति नै प्रहरीलाई खबर गरे पनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताउनुभयो । वामी प्रहरी चौकी इन्चार्ज जनक थापाले गाउँमै अर्को आत्महत्या घटना भएको र प्रहरी सङ्ख्या कम भएकाले केही बेरमा घटनास्थल पुग्ने बताउनुभयो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : १५ बजे