धादिङ । गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसिबि पुरिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरी छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।
जेसिबि पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार ५ : ४० बजे
प्रतिक्रिया