काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा कुल ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, आज थप १ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०२ पुगेको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार ४ : ५७ बजे
प्रतिक्रिया