‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमसीसी टेबल गर्दै सभामुख : अब यिनैलाई काउन्टर महाअभियोग किन नलगाउने ?

एक सातासम्म एमसीसीका विषय विपक्षीमा रहेका र संसद्मा यसलाई प्रवेश नै नगराउने बताउँदै आएका सभामुख अग्निप्रसाद सापकोटा सोमबारदेखि १८० डिग्रीको फन्को मार्दै संसद्मा एमसीसी प्रस्तुत गर्न तयार भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’र प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादालाई धूलिसाथ गर्दै एमसीसी मुख्यालयलाई लेखेको बिन्तिपत्र सार्वजनिक भएसँगै सभामुख सापकोटाले बोली फेरेका थिए । 

सभामुखको कुर्सीमा बसेर विसुद्घ प्रचण्डको योजनामा अगाडी बढिरहेका सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसद बर्खास्त भएको सूचना टाँस नगरेरै त्यतिखेरै दलको झोले कार्यकर्ताभन्दा पनि तल्लो स्तर देखाएकै थिए । 

उनको यही हर्कतको विरुद्धमा परेको रिटमा सुनुवाइ तोकिएकै दिन मुद्दा हार्ने डरले गठबनधनधारीहरुले हतार हतार सर्वोच्व अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाअभियोग लगाएर र आफ्नो गुम्न लागेको स्वर्ग बचाउन पुगे । 

सर्वोच्च अदालतले उक्त मुद्दाको फैसला गरेको मात्र भए सभामुख अग्निप्रसाद सापकोटाको किर्ते काण्ड र गैर संवैधानिक धन्दाको पटाक्षेप हुनेवाला नै थियो । सभामुख सापकोटाकै असंवैधानिक कदमबाट आफ्नो राजनीति सुरक्षित गरेका माधव नेपालको राजनीति त त्यसैपनि धूलिसाथ हुने नै थियो । 

विवादास्पद भूमिकामा रहेका यीनै सापकोटा विरुद्ध परेको ज्यानमारा मुद्दा अझै पनि सर्वोच्च अदालतमा विचाराधीन छ । आफू विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको मुद्दा सर्वोच्चमा विचराधिन रहनु र मुद्दाको सुनुवाइ नजिकिनुले पनि सभामुख सापकोटाको दिनगन्ती सुरु भइरहेको थियो । 

आफ्नो कार्यकर्ताभन्दा पनि तल्लो स्त्तरमा रहेका सभामुख सापकोटालाई जसरी पनि जोगाउनु पर्ने अप्ठ्यारो माओवादी अध्यक्ष प्रचण्डलाई  थियो । 

सर्वोच्च अदालतको परमादेशबाट सत्तामा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जसरी हुन्छ एमसीसी पास गराउनु पर्ने बाध्यता थियो । आफू र दाहालले मर्यादा भुलेर गरेको पत्राचार बाहिर बजारमा आएसँगै पुरै नाङ्गिएका यी दुई पात्रहरूलाई एमसीसी गलपासो बनिनै रहेको थियो । आफ्ना कुकर्महरूको पोल धमाधम खोल्दै गइरहेपछि र आफ्ना गैर राजनीतिक चरित्र उदाङ्गो हुँदै गएपछि अन्ततः :  यिनीहरूले प्रधानन्यायाधीश माथि महाअभियोग लगाएका छन् । 

संसदमा दुई तिहाइ नपुग्ने सपाट हिसाब जान्दाजान्दै प्रधानन्यायाधीश महाअभियोगको अस्त्र फालेर एमसीसी विरुद्धको आन्दोलन र गतिविधिलाई गौण बनाउँदै यी नै मनुवाहरू अब संसदमा छापामार शैलीमा एमसीसी पास गराउने दाउँमा छन् । 

यसको नाटक मञ्चन पर्दा पछाडि भइसके पनि भोलि बुधवार यस घटनाको पुरै पटाक्षेप हुँदै छ । जनतालाई दिग्भ्रमित पार्ने, कुनै अमुक पार्टीका स्वार्थका लागि कहिले एमसीसी रोक्ने त कहिले पेश गर्ने, निष्पक्ष भूमिका निर्वाह गर्न छाडेर दलको कार्यकर्ता बन्ने यी  सभामुखलाई अब सांसदबाट बिदा किन नगर्ने ? 

प्रमुख विपक्षी दल एमालेले महाअभियोगको प्रतिवाद गर्ने बताइसकेको छ । काउन्टर महाअभियोगको जवाफ कुरेर बसिरहेका सत्ता गठबन्धन र  मापशे गठबन्धनका मतियार बनेका यीनै सभामुख सापकोटालाई किन अब काउन्टर महाअभियोग किन नलगाउने  ? के यो विषय बहस गर्न अब ढिला भएन र ? 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : ४२ बजे