आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, संसदमा भोलि पेस हुने 

काठमाडौं – सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए । 

‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने । 

बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको बताएका कोइरालाले जानकारी दिए । 

उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने । 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १२ : ०८ बजे