आन्तरिक हवाई उडानमा अत्यधिक चाप

स्थानीय तहको निर्वाचन रोक्न गठबन्धन सक्रिय छ : एमाले उपाध्यक्ष पौडेल

भैरहवा – नेकपा (एमाले) उपाध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय तहको निर्वाचन रोक्न र छेक्न गठबन्धन सक्रिय रूपमा लागेको बताउनु भएको छ ।

सोमबार रुपन्देहीको धकधईमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री पौडेलले स्थानीय तहको निर्वाचन निर्वाचन रोक्न र छेक्न गठबन्धन सक्रिय रूपमा लागेको बताउनुभएको हो । स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरूले भित्रबाट अनेक कोसिस गरे पनि कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिने टिप्पणी गर्नुभएको छ ।

उपाध्यक्ष पौडेलले अहिले जनताले सरकारको अनुभूति नै गर्न नपाएको समेत बताउनुभएको छ । साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारको अनुभूति गरे पनि  तर अहिलेको सरकार छ-छैन भनेर जनताले अनुभूति नै गर्न नपाएको बताउनु भएको थियो ।

'गठबन्धन सरकार सम्पूर्ण रूपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,' पौडेलले भन्नुभयो ।  सरकारले देशलाई आर्थिक सङ्कटमा पुर्‍याएको दाबी गर्दै उहाँले भन्नुभयो – देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेको छ । पुँजीगत खर्च हुन सकेको छैन ।'

हिजो रुपन्देहीमा आयोजित कार्यक्रममा नेकपा माओवादी र जसपा त्यागेर दुई गाउँपालिका अध्यक्ष सहित १२०० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : २१ बजे