‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले कार्यदल बैठक स्थगित

काठमाडौँ – नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । 

कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो ।  एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यही जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । 

मङ्गलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन   आह्वान गरेको थियो । 

कार्यदलमा विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्बाङ, विष्णुप्रसाद रिमाल, भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्णराज विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र  पन्त रहनुभएको छ ।
 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १० : ३६ बजे