आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसद्मा एमसीसी टेबल गर्न दिने सभामुखको तयारी

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्न ग्रिन सिग्नल दिएका छन् । एमसीसीको विषयमा आफू निर्णायक नभएको भन्दै दलहरू नै सर्वेसर्वा रहेको बताएका छन्।

सभामुख सापकोटाले एमसीसी राष्ट्रिय सहमतिको विषय भएकोले यस बारे दलहरूले नै सदनमा चर्चा गर्न आग्रह गरेका छन्।

सभामुखले सोमबार सिंहदरबारमा आह्वान गरेको सर्वदलीय बैठकमा एमाले बाहेक अन्य सबै दलले सहभागिता जनाएको थियो ।

सभामुख सापकोटाले भने  ‘राष्ट्रिय महत्त्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’,म खुला छु।' ‘मेरो पहिलादेखिकै जोड भनेको सदन सुचारु हुनुपर्छ भन्ने हो।'

 सापकोटाले सदनको अवरोध खुल्नुपर्छ र आफू निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।

नेकपा एमालेले कारबाही गरेको १४ सांसदलाई सभामुख सापकोटाले कारबाही नगरेपछि एमालेले लगातार संसद्को बैठक अवरुद्ध गर्दै आएको छ । सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको र गठबन्धनको इशारामा चलेको एमालेको आरोप छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ०२ बजे