आन्तरिक हवाई उडानमा अत्यधिक चाप

हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ : अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताउनुभएको छ ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताउनुभएको हो ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला अध्यक्ष ओलीले सो कुरा  बताउनुभएको छ । 

बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीकाबारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने र सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गर्नुभएको थियो । 

एमाले संसदीय दलको बैठक अहिले सकिएको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : ३५ बजे