सुनको मूल्यमा नयाँ कीर्तिमान

करिव ३७ केजी गाँजासहित दुई जना पक्राउ 

काठमाडौं – सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका–७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : १९ बजे