सडक यातायात क्रमशः सहजतातर्फ

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ  ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल हुनेछ । 

संसदीय दलको बैठकलाई अहिले पार्टी अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ ।

काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो । 

महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । 

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १२ : ११ बजे