सडक यातायात क्रमशः सहजतातर्फ

सभामुखले आव्हान गरेको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने 

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आव्हान गर्नुभएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ ।

आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै आएको प्रमुख प्रतिपक्षी दल एमालेले आजको सर्वदलीय बैठकमा पनि नजाने बताएको हो  ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज दिउँसो २ः०० बजे सर्वदलीय बैठक बोलाउनुभएको छ ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : २९ बजे