सडक यातायात क्रमशः सहजतातर्फ

गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुङ्गा हानेको छ : उपमहासचिव रिमाल 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि गठबन्धनलाई  ठगबन्धनको संज्ञा दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुङ्गा हानेको र ढुङ्गा सर्वोच्चमा बज्रिएको बताउनुभएको छ । 

“फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ? भन्दै प्रश्न समेत गर्नुभएको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ४४ बजे