सडक यातायात क्रमशः सहजतातर्फ

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले आज बिहान ११ः०० बजेका लागि दलको बैठक बोलाएको हो । 

काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । 

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ५८ बजे