आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानन्याधीश विरुद्ध आकस्मिक षड्यन्त्रपूर्वक तरिकाले महाभियोग प्रस्ताव आयो : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेले सर्वोच्चमा विचाराधीन कतिपय मुद्दा प्रभावित गर्ने गरि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव आएको निष्कर्ष निकालेको छ। एमालेले सर्वोच्चलाई सत्ताको निर्देशन बमोजम चल्न निरीह बनाउन खोज्ने काम गठबन्धनले गरेको आरोप लगाएको छ । 

आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले राणाविरुद्ध आकस्मिक षड्यन्त्रपूर्वक तरिकाले महाभियोग प्रस्ताव आएको एमाले महासचिव शंकर पोखरलले बताउनुभयो  । 

'सचिवालय बैठकले अत्यन्त गम्भीर षडयन्त्रपूर्क कदमको रुपमा महाभियोग दर्तालाई लिएको छ, यो अदालताथिमात्र  नभइ लोकतन्त्रमाथीको प्रहार, सार्वभौम सत्तामाथिको प्रहार भएको निष्कर्ष छ ।'

उहाँले यो प्रस्ताव एमाले जनताको दबाबमा घोषणा भएको स्थानीय चुनाव धकेल्ने प्रयास स्वरुप आएको हुन सक्ने बताउनुभयो । 

यसले सत्तापक्ष र प्रतिपक्षबीच सुरु भएको छलफल समेत विथोलिने उहाँले बताउनुभयो । राजनीतिक प्रणालीलाई अस्थिर बनाउने उदेश्य अन्तर्गत यो कदम अधि बढाइएकाले एमालेले गम्भीर ढंगले यसको प्रतिवाद गर्ने उहाँको भनाइ थियो । 

एमालेले यसै अनुसार निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । एमाले संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : २१ बजे