आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महाअभियोग प्रकरण : सत्ता गठबन्धनसँग कामु प्रधानन्यायाधीशको सेटिङ्ग !

काठमाडौं । न्यायपालिका प्रमुखमाथि राजनीतिक प्रतिशोधका आधारमा महाअभियोग लगाइएको भन्दै सर्वोच्च अदालतका अधिकांश न्यायाधीश असन्तुष्ट बनेका छन् ।

महाअभियोगलगत्तै न्यायाधीशहरूबीचको अनौपचारिक छलफलमा सर्वोच्चका न्यायाधीशले यसले न्यायलमा राजनीतिक हस्तक्षेप गराएको भन्दै चिन्ता गर्नुभएको छ । उहाँहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगमा लगाइएका आरोप पनि राजनीतिक प्रकृतिका रहेको र पुष्टि हुने खालका नरहेको भन्दै राजनीतिक उद्देश्य पूर्तिका लागि अदालत र एकाध वरिष्ठ न्यायाधीशहरूलाई प्रयोग गर्न खोजिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

बहुसङ्ख्यक न्यायाधीशले महाअभियोगको भाषा हेर्दा यो सांसदहरूले नभई सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र बार आन्दोलनका केही अगुवा वकिलहरूले लेखेको प्रस्ट भएको बताउनुभएको छ । उहाँहरूले कामु कामु प्रधानन्यायाधीशले गठबन्धनसँग सेटिङ्ग गरेको आशङ्का गर्नुभएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ०० बजे