सुनको मूल्यमा नयाँ कीर्तिमान

ब्राउन सुगर सहित २० वर्षीय युवक पक्राउ

सुर्खेत – भेरीगंगा नगरपालिका-५ स्थित सडकबाट वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २० वर्षीय विवेक थापा मगरलाई ३ ग्राम ४ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ८०८१ नम्बरको गाडीलाई बबई चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा विवेकलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ५० बजे