करिब ४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ

काठमाडौं – अवैध रुपमा ल्याउँदै गरेको करिब ४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित चिनिया नागरिक राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लिलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय अराईभल टनेल गेट नजिक जाँच गर्नेक्रममा ४ वटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ४ : ४२ बजे