आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सिन्धुपाल्चोकमा ई पासवर्ड वितरण सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलयले ई पासवर्ड वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका प्रमुख वेदनिधि खनालले भक्तपुरकी सीता लघुलाई ई पासवर्ड वितरण गर्दै शुभारम्भ गर्नुभएको हो । 

जिल्ला प्रशासन कार्यलयले माघ ९ बाट नै ई पासवर्डको विवरण भर्न सुरु गरेको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । ‘अब हरेक दश दिनमा ई पासवर्ड बन्छ । पासवर्ड बनेको जानकारी सम्बन्धित ब्यत्तिको मोबाईलको म्यासेजमै आउछ’,उहाँले भन्नुभयो ।

अब पासवर्ड बनाउन ३५ दिन कुर्न नपर्ने खनालले बताउनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : ४९ बजे