आन्तरिक हवाई उडानमा अत्यधिक चाप

चुपचाप बसेको ठाउँमा गठबन्धनले ढुंगा हान्यो : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले ढुंगा हानेको प्रतिक्रिया दिनुभएको छ । 

गठबन्धनदलले महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रतिक्रिया दिँनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले चुपचाप लागेर बसेको ठाउँबाट गठबन्धनले ढुंगा हानेको छ, यसलाई एमालेले गम्भीर रुपमा लिएको छ ।’

अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको बताउनुभयो । ‘महाअभियोग प्रस्ताव अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम हो,’ उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएकोसमेत बताउनुभयो  ।

सत्तापक्ष र प्रतिपक्षबीच तनाव कम भइरहेकाबेला सत्तापक्षबाट भएको कदम स्वीकार्य नहुनेसमेत अध्यक्ष ओलीले बताउनुभयो ।

आइतबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदहरूले हस्ताक्षर गरेर प्रधानन्यायाधीस विरुद्घ महाअभियोग लगाएका थिए । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : १२ बजे