आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमालेले सबै सांसदलाई काठमाडौं बोलायो : काउन्टर महाअभियोग आउनसक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर महाअभियोग  प्रस्ताव दर्ता गर्ने सक्ने आंकलन गरिएको छ ।

यसैबीच प्रधानन्यायधीस चोलेन्द्र सम्शेर विरुद्घ सत्ता गठबन्धनले महाअभियोग प्रस्दाव दर्ता गरेसँगै एमालेले आकस्किरुपमा सोमबार संसदीय दलको बैठक बोलाएको छ । 

एमालेले आकस्मिक बोलाएको संसदीय बैठकमा दोस्रो पटक प्रतिनिधिसभा विघटनलाई मान्यता नदिई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने गरी फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीको रुपमा बुझिए पनि हालसम्म ठोस केही आएको छैन ।  

महाअभियोग दर्ता भए पनि संसदमा गठबन्धन सरकारको दुई तिहाई बहमुत छैन । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १ : ५६ बजे