दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते

बेइजिङ – उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका सार्वजनिक सुरक्षा अधिकारीहरूले बताएका छन् ।
 
अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा भएको देखाइएको छ भने भग्नावशेषहरू चारैतिर छरिएका राज्य सञ्चालित प्रसारक सिटिभीले बताएको छ ।  

लियोनिङ प्रान्तको शेनयाङ शहरमा भएको विस्फोटबाट एक जनाको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय सार्वजनिक सुरक्षा अधिकारीको भनाइ छ ।
 
शेन्याङ अधिकारीका अनुसार अन्य ४० जना सामान्य घाइते भएका छन् ।

सामाजिक सञ्जालमा प्रसारित अर्को भिडियो क्लिपमा विस्फोटनको कारण मानिसहरू बस नजिकै सडक छेउ बसिरहेका देखिएका छन् ।  विस्फोटनको कारणबारे जाँच भइरहेको छ । 

रासस÷एएफपी

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ३७ बजे