आन्तरिक हवाई उडानमा अत्यधिक चाप

देउवा, दाहाल र नेपालको बैठक निष्कर्षविहीन :फुटको दिशामा गठबन्धन

काठमाडौं ।  सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरूको आजको बैठक बिना निष्कर्ष टुंगिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधवकमाुर नेपालको बैठक बिना निष्कर्ष टुंगिएको हो।

अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको देउवा, दाहाल र नेपालको  छलफल बिना निष्कर्ष सकिए पछि गठबन्धनमा दरार आएको रुपमा हेरिएको छ । 

आजको बैठकमाप्रधानमन्त्री देउवाले प्रचण्ड र माधवलाई एमसिसी फागुन २ गते बस्ने बैठकमा पेश गर्ने प्रस्ताव गरेपनि दाहाल र नेपालले अहिले नै एमसीसी पेश गर्दा निर्वाचनमा असर पर्ने भन्दै एमसीसी तत्काल पेश गर्न नहुने  पक्षमा अडान लिएसँगै गठबन्धन फुटको दिशामा जान लागेको हो ।  

एमसिसीलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद छ। अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले चर्को दबाब दिइरहेको छ। 

बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको थिए। 

त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसीबारे निर्णय गर्न आग्रह गर्दै फोन गरेका थिए। 

ओलीले गठबन्धनसँगै बहुमत भएकाले आफुहरुसँग कुनै छलफल आवश्यक नपर्ने र प्रचण्ड र देउवा आफैले अमेरिकालाई लिखत गरेको कागज बाहिर आइसकेको भन्दै आफूहरको धारणा अहिले आउन आवश्यक नपरेको जवाफ पर्काउनुभएको थियो । 

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : ४५ बजे