सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ । 

पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उहाँहरूबीच भेटघाट भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने उहाँको भनाइ छ । 

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १२ : २९ बजे