‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले कार्यदलको दोस्रो बैठक आज साँझ ७ बजे बस्ने

काठमाडौं । सत्तारुढ नेकपा एमाले कार्यदलको बैठक साँझ ७ बजे बस्दैछ । कार्यदलको हिजो बसेको पहिलो बैठकले मुख्य तीन विषयमा निर्णय गरेको थियो ।

विशेषगरी पार्टीको आन्तरिक विवाद समाधानका एवम् पार्टी एकताबद्धका लागि कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गर्ने, पार्टीमा देखिएका समस्या समाधानका गरी पार्टी एकताबद्ध बनाउन सम्पूर्ण पार्टी पंक्तिमा सहयोगको अपिल गर्ने र पार्टीमा एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरिएको थियो ।

आजको बैठकले यिनै विषयलाई निरन्तरता दिने कार्यदलका संयोजक एवम् एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ३ : ४१ बजे