सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

झापाको मेचीनगरस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

झापा । झापाको मेचीनगर–१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । 

चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । 

बाँकी दुई वटा दमकल आइरहेको उहाँले बताउनुभयो । निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ३० बजे