सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पछिल्लो २४ घन्टामा एक हजार एक २८ जनामा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २०  हजार नौ सय ८९ वटा नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सत्र  हजार चार सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ६ सय ६६ जनामा र तीन हजार पाँच सय ४२  जनामा एन्टिजेन परीक्षण गर्दा चार सय ६२ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार चार सय ४१ रहेको छ ।  पछिल्लो २४ घन्टा दुई हजार २१५ डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको संख्या १४ छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ५८ बजे