पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बुधवार मन्त्रीमण्डल विस्तार गर्दै हुनुहुन्छ ।
राजीनामा दिएपछि वैशाख २९ गते पुन : मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गुरुङले नियुक्ती भएको एक सातापछि पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो । स्रोतका अनुसार मन्त्रिमण्डलमा पुरानै मन्त्री दोहोरिने छन् ।
मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएकाले मन्त्रिमण्डल विस्तारमा हप्तादिन ढिलाई भएको थियो ।
प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार २ : ४५ बजे
प्रतिक्रिया