दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चितवमा याे वर्ष आलुको उत्पादन घट्ने

चितवन । जिल्लामा यसवर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ३५ हजार ७३२ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष सोही क्षेत्रफलको जमिनमा ३७ हजार ६१३ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

 गतवर्ष १९ दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यसवर्ष उत्पादकत्व घटेर १८ दशमलव २४ मेट्रिकटनमा आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । सूचना अधिकारी पुनले भन्नुभयो, “आलु थन्काउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो ।”जिल्लामा विशेष गरी आलुखेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ । आलु थन्काउने समयमा पानी परेकाले बारीमा रहेको आलु कुहिने समस्या हुने उहाँले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : २२ बजे