सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमसिसी फिर्ता होइन मिति  सार्दा राम्रो : माधव नेपाल

पर्सा । गठबन्धन सरकार साझेदार दलका नेता माधव कुमार नेपालले एमसिसीलाई फिर्ता पठाउनेभन्दा पनि ‘सम्झौता मिति पर सारे राम्रो हुनेतर्फ जोड दिएका छन् । 

एमाले अध्यक्ष ओलीको नेतृत्व स्वीकार्न नसकी पार्टी फोरेर सांगठनिक संरचना भुइँ तहसम्म पुर्‍याउन नभ्याइसकेकाेले एस पार्टीको धारणा आगामी निर्वाचनपछि मात्र एमसिसीतर्फ केन्द्रित हुनुपर्ने  नेपालको संकेत छ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसिसी पास गराउन लागिपरेका बेला गठबन्धन सरकार साझेदार दलका अर्का नेता नेपालले तत्काल भने एमसीसी पास गर्न नसकिने बताएका हुन्।

समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले तत्काल एमसीसी पास नगरी चुनाव पछि मात्र पास गर्नु पर्ने बताएका हुन् । 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : १० बजे